माया खोला हाइड्रोपावरकाे आईपीओ खुला

आजभोलि

काठमाडौँ।  माया खोला हाइड्रोपावर कम्पनीले माघ १३ गते शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ३४ प्रतिशत अर्थात १ अर्ब रुपैयाँको सेयर बिक्री गर्नलागेको हो। स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीका लागी  प्रतिकित्ता १०० रुपैयाँ अंकित ३४ करोडको सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सोमध्ये स्थानीय क्षेत्रका आयोजना प्रभावितका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ । यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुका लागी २ लाख ४० हजार कित्ता सेयर छुट्याइएको हो ।

साथै, १ लाख २० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ४२ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसैगरी स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई बाँडफाँट गरेपछि सर्वसाधारणका लागी  कम्पनीले बिक्री खुलाउनेछ ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !