सेयर बजार १४.६८ अंकले घट्यो

आजभोलि

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा आएर रोकिएको छ ।

२६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।

आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडको सेयर बिक्री भएको छ। साथै, हिमालय ऊर्जा विकास कम्पनीको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बीनी जनरल बिमा, बराही हाइड्रोपावर, इस्टर्न हाइड्रो पावर, आदर्श लघुवित्त बित्तीय संस्था र सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल ४८ कम्पनीमा उकलो लागेको छ भने १६१ कम्पनीमा ओरालो लागेको छ । साथै ४ कम्पनी भने स्थिर छ ।

आज १३ उपसूचकहरुमध्ये होटल तथा पर्यटन र लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !