होटल चलाएर मनग्य आम्दानी

आजभोलि

बनेपा । होटल सञ्चालन गरेर नमुनफेदीका वुद्धबहादुर लोप्चन(सुमन)ले मनग्य आम्दानी गर्दै आएका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबेँशीका सुमनले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–५ चन्दनपुरको सिमाना नमुनफेदीमा खाना र खाजा होटल चलाएर आम्दानी गर्दै आएका हुन् ।

सो ठाउँमा कच्ची मोटरबाटो खोलेपछि लामो दूरीका यात्रुको आराम गर्ने र खाना खाने केन्द्रको रुपमा नमुनफेदी बनेपछि विगत पाँच वर्षदेखि उनले सो व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायबाट अहिले मासिक एकदेखि डेढलाखसम्मको आम्दानी भइरहेको उनले बताए ।

परिवार बाहेक उनले थप एक स्थानीयलाई रोजगारी दिएका छन् । होटलमा काम गर्दै आएका दीपक हुँमागाईले होटल सञ्चालन भएर राम्रो चल्न थालेपछि आफूले काम गर्दै आएको बताए ।

दैनिक सय बढी ग्राहक आउने गरेका बताउने उनले सिजनमा दुई सय भन्दा बढी हुने बताउँछन् । बनेपाबाट ठूलादुर्लुङ तालढुङ्गा जाने यात्रुबस र त्यस आसपासमा चल्ने दैनिक चार वटा यात्रुबाहक बस त्यस क्षेत्रमा चल्ने भएको कारण टाढाका यात्रा गर्नेहरु त्यही क्षेत्रमा खाना र खाजा खाने गर्छन् ।

पाँच वर्ष मलेसिया बसेर फर्कनिुभएका हुँमागाईंले गाउँमा नै फर्केपछि दुई वर्षदेखि काम गर्न थालेको बताए। “नजिकै भएकोले घरको काम भ्याएर यहाँ काम गर्छु”, उनले भने, “घर आँगनमा नै काम गर्न पाएर मासिक चालीस हजार कमाउन पाउँदा खुुसी छु ।” मोटरबाटो चलेपछि रोजगारीको लागि बनेपा र काठमाडौँ धाउनुपर्ने बाध्यता हटेर गाउँमा नै रोजगारी सिर्जना भएको उनको भनाइ छ ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !