सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुखको आह्वान

आजभोलि

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गरेका छन् ।

बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उनले जनतासँग सरोकार भएका ऐन, कानुन एवं पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडीबुटीलाई संरक्षणका लागि आवश्यक पर्ने नियमको तर्जुमा गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

प्रमुख शर्माले जनतालाई प्रदेशसभा हाम्रो नै हो भन्ने भावना अभिव्यक्ति गर्न सभाका सदस्यले आफूलाई व्यवहारिक बनाउनुपर्ने बताए । उनले प्रदेशसभा, प्रदेश सरकार र स्थानीय निकायबीच समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा सन्तुलित विकासको आयोजनालाई कार्यान्वयनमा ल्याउन र जनताप्रति जवाफदेही बनाउने कार्यलाई अब आत्मसमीक्षा गरेर प्रदेशसभाको भूमिकालाई अझै प्रभावकारी तुल्याउनुपर्ने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विगत पाँच वर्षको अवधिमा प्रदेशसभाबाट ७० वटा ऐन, कानुन निर्माण गरी व्यवहारमा लागू गरिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा विगतको अनुभवलाई समीक्षा गरेर टुक्रे योजनालाई अब बाँडफाँट होइन, समष्टीगतरुपमा आवश्यकताअनुरुप एक योजनालाई कार्यसम्पादन गर्नेतर्फ प्रदेश सरकारको उच्च प्राथमिकता रहने उनले बताए ।

प्रदेश सरकार अहिले परिणामुखी विकास योजनालाई लक्ष्यका साथ अघि बढाउन लागिपर्ने उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले अहिले जनतालाई प्रदेश सरकारले राम्रो काम गर्छ भन्ने भावना विकसित गर्ने विश्वास दिलाए । उनले आगामी दिनमा प्रदेशका विकास आयोजनाले प्रत्यक्ष जनतालाई लाभ पु¥याउनेगरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभाको दोस्रो कार्यकालले अझै विभिन्न ऐन, कानुनको तर्जुमा गरी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने, भ्रष्टाचारको नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति उपलब्ध गराउने र प्रशासन यन्त्रलाई निष्पक्षका साथ जनताप्रति उत्तरदायित्व बोध गराउनेतर्फ सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने फाखेल सडकखण्डलाई विस्तार, मर्मतसम्हार गर्न केही हप्तापछि सो सडकमा चल्ले यातायातलाई बन्द गरी काठमाडौँबाट हेटौँडातर्फ आउने कान्ति राजपथलाई सञ्चालनमा ल्याउनेतर्फ पहल भइरहेको जानकारी दिए । मुख्यमन्त्री जम्मकट्टेलले करिब दुई महिनासम्म कान्ति राजपथमा यातायात सञ्चालनमा रहने उल्लेख गरे ।

उक्त अवसरमा बागमती प्रदेशका सभामुख भुवककुमार पाठकले जनताको अपेक्षालाई प्रदेशसभाले ग्रहण गरेर आवश्यक ऐन, कानुनको तर्जुमा गरी राष्ट्रिय सरोकारको विषयमा प्रदेशसभाले ध्यानाकर्षण गरी सरकारलाई मार्ग दर्शन गर्नुपर्ने बताए । उनले प्रदेशसभामा विभिन्न राजनीतिक दलको विचार र सिद्धान्त फरक रहे पनि प्रदेशसभामा निष्पक्ष, पारदर्शी र जनताप्रति जवाफदेही बनाउने कार्यलाई आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !