काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि सांसद देखि मन्त्री पद गुमाएका रवि लामिछानेले नेपाली नागिरकता पुनस् प्राप्ती गरेपछि गृह मन्त्री बन्नका लागि लागि परेका छन् ।
गृह मन्त्रालयको जिम्मेवारी पुनः प्रदान गर्न भन्दै हिजो बिहान बालुवाटार पुगेर रवि लामिछानेले आग्रह गरेका थिए ।
आज बिहान पनि सोही आग्रह गर्न बालुवाटार पुगेका छन् । स्रोतका अनुसार लामिछानेले बिहान ८ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको बताइएको छ ।
हिजो प्रधानमन्त्रीले उनीविरुद्ध सर्वोच्च अदालत संवैधानिक इजलासको आदेशको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको जिम्मेवारीबारे कुनै निर्णय नगर्ने बताएपछि लामिछाने दौडिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।
अहिले फेरी रविले गरेको पासपोर्ट दुरुपयोगसम्बन्धी थप उजुरी पर्न थालेको छ । प्रक्रिया पूरा गरेर नागरिकता लिँदैमा गृह प्रशासनको जिम्मेवारी रवि वा रविको निर्देशनमा रास्वपालाई दिने पक्षमा प्रधानमन्त्री सकारात्मक नभएपछि उनी आज बिहान पुनः प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।