स्वस्थ ढङ्गले व्यापार गर्नुपर्छ : पूर्वप्रधानमन्त्री ओली

आजभोलि

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढङ्गले व्यापार अगाडि बढाउनुपर्ने बताएका छन् । सिएनआइ कोसी एक्स्पो–२०७९ को आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनुपर्नेमा हुन नसक्नुको कारण खोज्नुपर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या समाधान हुने बताए । प्रतिकूल समयमा निरास भएर आत्महत्या गर्नु राम्रो होइन भन्दै अध्यक्ष ओलीले समस्यासँग लड्न सक्नुपर्ने र समस्याको समाधान खोज्नुपर्ने बताए ।

विराटनगरबाटै उद्योग, उद्योगी र व्यापार एवं व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए । उद्योगी एवं व्यवसायीले सङ्गठनात्मक प्रतिस्पर्धा गर्नुभन्दा काम र उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, “समस्याको समाधान नगदा नगदी हुनुपर्छ, उधारोमा होइन ।”

उनले भने,“कुराले चिउरा नभिज्ने, सरकारले उद्योगी र व्यापारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ ।” गएको एक महिनादेखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराए ।

उनले नेपालको सबैभन्दा होचो भू–भाग केचनाकवलबाट सबैभन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गरे । अध्यक्ष ओलीले उद्योग र उद्योगीको समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै त्यसका लागि समस्यालाई बुँदागतरूपमा ल्याउन आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घीय सरकार उद्योग प्रवद्र्धन र सहजीकरण गर्न तयार रहेको बताए । उनले उद्योग र उद्योगीका निम्ति सरकारले ल्याएको नीतिबाट निर्यात बढ्ने र अर्थतन्त्रमा सुधार आउने विचार राखे ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भर्खर पाँच वर्ष भएको प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठ्नु हतारमा बोलिएको हो भन्दै प्रदेश सरकारको काम हेरेर समीक्षा गर्नुपर्ने कुरामा जोड दिए । उनले प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको सङ्ख्या घटाएको जानकारी दिँदै सरकार प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए प्रक्रिया र विधिबाट निष्कर्षमा पु¥याउने भने । उद्योगी र बैंकबीचको ब्याजका समस्या क्रमशः समाधान हुँदै जाने भन्दै उहाँले सरकार उद्योग र उद्योगीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले औद्योगिक मेलाले उपभोक्ता र उत्पादकबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्ने बताए ।

विराटनगर महानगरपालिकाको शङ्करपुरमा लागेको सो मेला माघ २८ गतेसम्म चल्नेछ । मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी चार सय स्टल रहेका छन् । मेलामा वस्तु तथा सेवा बिक्री हुनुका साथै सन्ध्याकालीन साङ्गीतिक कार्यक्रमको पनि व्यवस्था भएको छ ।

 

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !