‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’

आजभोलि

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको २१औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको १४औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले भने,“संसद्मा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निभाइरहेको छैन।” उनले भने,“सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्छ । त्यसको लागि प्रमुख प्रतिपक्ष सँधै तयार हुनुपर्छ ।”

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप सर्कलका शैक्षिक संस्था जनताको आशाको केन्द्रको रुपमा स्थापित भएको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, त्रिवि इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा डा शशिधरराम जोशी, पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डीन प्रा देवीप्रसाद भट्टराईलगायतले समुदायमा आधारित ख्वप इञ्जिनीयरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गरिरहेको बताउँदै कलेजको शैक्षिक र भौतिक अवस्था प्रशंसनीय भएको बताए ।

 

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !