माओवादीले दुई महिने अभियान चलाउँदै

आजभोलि

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीका सबै जनवर्गीय सङ्गठन, जनसङ्गठन एवं सहायक सङ्गठनको बैठक आयोजना गर्ने निर्णय गरेको छ । सो बैठकसँगै पार्टीको प्रदेश तथा जिल्ला समन्वय समिति एवं स्थानीय समितिको बैठक आयोजना गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध गएर घात तथा प्रतिघात गर्नेसम्बन्धमा पनि स्थानीय रुपमा नै समीक्षा गर्ने निर्णय बैठकले गरेको छ । जनतासँग जोडिएर पार्टीको समग्र अवस्थाको मूल्याङ्कन गरेर आगामी दुई महिनापछि केन्द्रीय समितिको बैठक बोलाइने प्रवक्ता महराले जानकारी दिए ।

सहमतिमा राष्ट्रपति

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अर्का नेता देवेन्द्र पौडेलले नेकपा (एमाले)सहितको सहमतिमा राष्ट्रपतिको चयन गरिने बताए । उनले सहमतिका आधारमा नै मुलुकका समस्या समाधान गर्ने सोच आफूहरुको रहेको र त्यसैका आधारमा आफ्नो मत राखेको उल्लेख गरे । राष्ट्रिय सहमतिको कुरा गर्दा कोही कसैले पनि आत्तिन नहुने नेता पौडेलको भनाइ छ ।

प्रधानमन्त्रीको निर्देशन तल पठाइने

प्रवक्ता महराका अनुसार पार्टी दाहालको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्रीका रुपमा दिएको निर्देशनलाई पनि तल्ला समितिमा पठाइने छ । प्रधानमन्त्रीले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !