रवि लामिछानेले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम आज सकियो

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई उपप्रधानसहित गृहमन्त्री बनाउन दिएको डेटलाइन आज समाप्त भएको छ । बिहीबार पार्टीको बैठक राखि लामिछानेले दिएको दुई दिन आज सकिएको हो ।

नागरिकता जस्तो गम्भीर राष्ट्रियताको विवादमा मुछिएपछि सर्वोच्च अदालतको फैसला अनुसार सबै पद एकै पटक गुमाएका लामिछानेले आफूलाई संवैधानिक व्यवस्था बमोजिम गृहमन्त्री नबनाए पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइ रहेका छन् । नेपा (एमाले)पनि उनलाई गृहमन्त्री बनाउनु पर्नेमा सकारात्मक मात्र छैन त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर दबाब नै दिइरहेका छन् ।

रास्वपाले आफ्नो अडान रदिएको अल्टिमेटम सकिएसँगै आइतबार बैठक बसी निर्णय गर्ने भएको छ । आइतबार उसले गर्ने निर्णयलाई सबैले चासोका साथ हेरेका छन् ।

यसै क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले उक्त पार्टीले सरकार नछोड्ने बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकपछि उनले रास्वपा सँग कुरा गरेर समस्या समाधान गर्ने दाबी गरेका थिए ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !