सुपर लघुवित्तका सञ्चालक निलम्बित

आजभोलि

काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाइएको छ । बैंकले नियुक्त गरेको व्यवस्थापन समूहले सोमबाटबाट उक्त लघुवित्तको व्यवस्थापकीय काम सम्हाल्ने छ । बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त लघुवित्तका सञ्चालकहरूले नक्कली ऋणी खडा गरेको तथा अरु वित्तीय अपराधसमेत गरेको देखिएकाले सञ्चालकहरूलाई निलम्बन गरिएको जनाएको छ ।

“विभिन्न चरणमा भएको स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक र सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको छ”, राष्ट्र बैंकले सूचनामा भनेको छ ।

पछिल्लो समय संस्थाको बचत क्रमिकरूपमा घट्दै गएको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको राष्ट्र बैंकले जनाएको छ । उक्त संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी दिने संस्था तथा लगानीकर्तासमेत समस्यामा पर्ने देखिएपछि राष्ट्र बैंक ऐनअनुसार कारबाही थालिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

सूचना भनिएको छ “लामो सयमदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेकोलगायत गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकाले संस्थाका जिम्मेवार पदाधिकारीबाट भए गरेका काम बैंक तथा वित्तीय संस्था ऐन २०५८ को प्रावधानविपरीत छ । ”

साथै २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४ दशमलव ३० प्रतिशत र पुँजीकोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैंकले जनाएको छ ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !