चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

आजभोलि

काठमाडौँ । चालू खर्च कटौतीसम्बन्धी कार्यदलले आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकाराम जमकट्टेलाई प्रतिवेदन बुझाएको छ ।

मुख्यमन्त्रीको कार्यालयमा कार्यदलले आज प्रतिवेदन बुझाएको हो । प्रदेशमन्त्री परिषद्को यही माघ १० गतेको निर्णयानुसार उक्त कार्यदल गठन गरिएको थियो । उक्त कार्यदल आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा चार सदस्यीय थियो ।

कार्यदलको प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री जमकट्टेलले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गरिने बताए । उनले प्रतिवेदनमा औँल्याइएका विषयलाई प्रदेशका सबै निकायले कार्यान्वयन गर्ने र त्यसका लागि आवश्यक निर्देशन दिइने उल्लेख गरेको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए ।

मुख्यमन्त्रीले कम्तीमा पनि १५ प्रतिशत चालू खर्च कटौती गर्ने बताए ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !