पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल

आजभोलि

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकबीच नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ ।

बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएपछि छलफल गरिएको मन्त्रालयले जनाएको छ । बैंकका प्रतिनिधिले उपयुक्त परियोजनाको छनोट गरेर लगानी गर्ने बताएका छन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बैंकको अनुदानमा पूर्वाधार निर्माणको सम्भावनाका विषयमा जिज्ञासा राखेका थिए । उनले बैंकका प्रतिनिधिसमक्ष सरकारको लक्षित योजनामा लगानी गर्न आग्रह गरेका थिए ।

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, सहसचिव शिव नेपाललगायतका सहभागी थिए्र।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !