नाउपाले विश्वासकाे मत नदिने भएपछि सुदुरपश्चिम प्रदेश सरकार ढल्ने संकटमा

आजभोलि

काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि विश्वासको मत लिन नपाउँदै सरकार ढल्ने अवस्थामा पुगेको हो ।

भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने अडान नागरिक उन्मुक्ति पार्टीले राखेको छ ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन रावललाई २७ जना सांसदको समर्थन आवश्यक हुन्छ । यहाँ मुख्यमन्त्री रावल संलग्न दल नेकपा (एमाले)का १० जना, नेकपा (माओवादी केन्द्र)का ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना गरी सत्ता गठबन्धनमा २९ जना सांसद रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका १८ जना सांसद रहेका छन् भने एकिकृत समाजवादीका १ जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !