अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा

आजभोलि

काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते हुने भएको छ ।

सम्मेलन आयोजक कमिटीको आज बसेको तयारी बैठकमा उक्त समयमा सम्मेलन गर्ने र सम्मेलनको व्यवस्थापन बागमती प्रदेश कमिटीले गर्ने निर्णय गरिएको छ । नेकपा (एमाले)का स्थायी समिति सदस्य सीता पौडेलले राज्यको प्रत्येक निकायमा महिला सहभागिता वृद्धि गर्नका लागि महिला एकताबद्ध भएर सक्रिय रहनुपर्ने बताइन् । उनले सङ्गठनको ऐतिहासिक भूमिका र यसवाट प्राप्त उपलब्धिको रक्षा गर्न महिला राजनीतिकरुपमा अगाडि बढेको र अझ बढी क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिए ।

बैठकमा नेतृहरुले वडादेखि राष्ट्र प्रमुखसम्म नेतृत्व गरिरहेको र संसदीय फाँटमा समेत एक तिहाइ महिलाको प्रतिनिधित्व भएको उल्लेख गर्दै आमाको नाममा नागरिकता, हरेक क्षेत्रमा कम्तीमा एकतिहाइ महिलाको प्रतिनिधित्वलगायत अधिकार प्राप्त भइरहेका कुरा उठेको थियो ।

सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनबाट महिलाको नेतृत्व विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न १९ उपसमिति गठन गरिएका छन् ।

 

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !