राष्ट्रपति भण्डारी भोजपुर जाँदै

आजभोलि

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार गृह जिल्ला भोजपुर जाने भएकी छिन् । षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर जान लागेकी हुन् ।

उनले साल्पासिलिछो गाउँपालिका–१ गौँडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रमसमेत रहेको छ । राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गर्नेलगायत कार्यक्रम रहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए ।

 

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !