पार्टी जनतामा जानुपर्छ : महासचिव चन्द

आजभोलि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान समयमा मुलुकको आर्थिक सङ्कट र उद्योग व्यवसायीले व्यहोर्नुपरेको चर्को ब्याज, मिटर ब्याजहरूको अत्याचार, शैक्षिक क्षेत्रको समस्यालगायतका विषयमा पार्टी जनतामा जानुपर्ने बताएका छन् ।

पार्टीको नवौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा छ महिने योजनासहितको “पार्टी योजनालाई कडाइपूर्वक लागु गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ” भन्ने राजनीतिक प्रस्ताव पारित गरी निर्णय गरेको जानकारी महासचिव चन्दले दिए ।

राष्ट्रिय स्वाधीनता र जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा देखिएका समस्याविरुद्ध, विद्यार्थीको न्यायिक सङ्घर्षलाई साथ दिन, जनताको मौलिक अधिकारका लागि, आत्मनिर्भर उत्पादन र राष्ट्रिय उद्योगी व्यवसायीसँगको सहकार्यलाई लागू गर्न, सम्पूर्ण सहिद मुख्यतः जनयुद्ध र एकीकृत जनक्रान्तिमा बलिदान गर्ने सहिदलाई यथाशीघ्र राष्ट्रिय सहिद घोषणा, किसानलाई सर्वसुलभरूपले मल, बीउ उपलब्ध गराउनेलगायतका विषयमा सङ्घर्ष गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा महासचिव चन्दले भने, “आर्थिक सङ्कटका कारण टाट पल्टिएका व्यवसायीलाई राहत र संरक्षण, शैक्षिक क्षेत्रका समस्याविरुद्ध सङ्घर्ष गर्नेछौँ ।” वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने उनको भनाइ छ ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !