परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता

आजभोलि

काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले टर्कीएमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति आज नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी छिन्। उनले टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुसँग आज टेलिफोन सम्पर्क गरी नेपालको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन् ।

टेलिफोन वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीएमा रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा लगिदिनका लागि आग्रहसमेत गरेको मन्त्रालयले जनाएको छ । नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरेको उल्लेख गर्दै उनले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।

टर्कीएका विदेशमन्त्री मेबलुट चाबुसोग्लुले अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै सहयोग प्रतिबद्धताका लागि नेपाल सरकारलाई धन्यवाद दिए । नेपाल सरकारले टर्कीएमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

सोमबार बिहान टर्कीएमा ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ ।

 

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !