धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भइसकेको छ । आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।
तर नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने आफ्नो अडान कायमै राखेको छ । अन्तिम समयमा मत दिन सक्ने एमाले नेताहरुले अनुमान गरेका छन् ।