मन्त्री मोदीलाई विधेयक हस्तान्तरण

आजभोलि

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएका निर्माणमुखी केही सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई व्यवस्था गर्न बनेको विधेयक हस्तान्तरण गरिएको छ ।

समाजका अध्यक्ष एवं पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले उनलाई विधेयक हस्तान्तरण गरेका ह्ुन् । सङ्घीय सरकारले र संसद्ले बनाउनुपर्ने ती विधेयक मन्त्रालयको नेतृत्वमा विज्ञबाट मस्यौदा तयार गरी सङ्घ, प्रदेश र स्थानीयका सरोकारवालाका सुझावको आधारमा तयार गरिएको समाजले जनाएको छ ।

उक्त विधेयकमा स्थानीय सरकारले कार्यान्वयन गर्ने, प्रदेश सरकारले समन्वय गर्ने र सङ्घले सहजीकरण गर्ने गरी व्यवस्था गरिएको छ । सो अवसरमा मन्त्री मोदीले तीन तहका सरकारबीच समन्वयका लागि विधेयक जरुरी भएको र प्राप्त विधेयकलाई आगामी सदनमा पेश गरिने बताए ।

समाजका अध्यक्ष शाक्य र पूर्वमन्त्री पौडेलले मुलुकका लागि ती विधेयक अत्यन्त आवश्यक रहेकाले विधेयक अन्तिम नभएसम्म समाजको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विधेयकको विशेषताबारेमा जानकारी गराए ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !