मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

आजभोलि

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतले २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपालले आगामी फागुन ३ र ६ गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा तथा गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् । यसैगरी डिफेन्डरमा हीराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समीक्षा घिमिरे, मिडफिल्डरमा विमला चौधरी, सविता राना मगर, सरु लिम्बू, दीपा शाही, रेनुुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई र अनिता केसी तथा फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन् ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !