रास्वपाको केन्द्रीय समितिमा १६ जना सदस्य थप, को–को हुन् ?

आजभोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेकै स्थितिमा सरकारमा नजाने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको आजको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अहिलेकै अवस्थामा सरकारमा नजाने निर्णय गरेको हो ।

यसका साथै रास्वपाले चितवनको निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले गरेको निर्णयको स्वागत गरेको छ । उक्त उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा औपचारिक निर्णय नभएपनि पार्टी सभापति रवि लामिछाने नै उम्मेदवार बन्नेमा आशंका नरहेको पार्टी श्रोतको दाबी छ ।

आजको बैठकले केन्द्रीय समिति विस्तार गरेर २४ सदस्यीयबाट ४० सदस्यीय बनाएको छ । आजको बैठकबाट १६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।

आज मनोनित भएका केन्द्रीय सदस्यहरुमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, ज्वाला उपनामले चिनिने टिका संग्रौला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !