देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली

आजभोलि

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उहाँले उल्लेख गरे ।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा अस्थिरता ल्याउन विभिन्न शक्तिले चलखेल गरिरहेको आरोप लगाए । “हामीले लिएको समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा गलत हुन सक्दैन”, उनले भने ।
अध्यक्ष ओलीले एमाले मुलुकको पालेको रुपमा रहेको उल्लेख गरे । उनले देश बनाउने विषय भएकाले राजनीति सोझो रेखामा नजाने भनाइ राखे । “देश बनाउनुपर्ने कुरा छ । सोझो रेखामा राजनीति जाँदैन । मैले अनेक उतारचढाव देखेको छु । उतारचढाव फेरि पनि आउँछन् ।” उनले भने ।

अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध सङ्गठन बनाउन आग्रह गरे । “अखिल नेपालको विद्यार्थी आन्दोलनको मूलधार मात्र नभई राजनीतिक भूमिका खेलेको संस्था हो”, उनले भने ।

एमाले महासचिव शङ्कर पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्न विदेशी चलखेल भइरहेको आरोप लगाउनुभयो । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्ववियु निर्वाचनसँग महाधिवेशन जोडिएकाले विद्यार्थीले जायज माग उठाउनुपर्ने बताए । एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्ष माधव ढुङ्गेलले नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । अखिल अध्यक्ष सुनिता बरालले महाधिवेशलाई विद्यार्थी आन्दोलनको रुपान्तरणको रुपमा लैजाने उल्लेख गरे ।

महाधिवेशन उद्घाटन समारोहमा अखिलका वरिष्ठ उपाध्यक्ष आरसि लामिछाने, नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । ‘निशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा, गतिशिल सङ्गठन र स्ववियु निर्वाचन, हाम्रो सरोकार’ नाराका साथ भइरहेको महाधिवेशनमा देशभरिबाट एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी छन् । महाधिवेशन सात वर्षपछि हुन लागेको हो । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !