काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका ओली त्यहाँबाट बाहिरिएका छन् । यही फागुन १३ गतेका लागि तोकिएको राष्ट्रपतिका उम्मेदवारको मनोनयन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली त्यहाँबाट बाहिरिएका हुन् ।
प्रधानमन्त्री सचिवाल श्रोतका अनुसार ओलीले प्रचण्डसँग भावी राष्ट्रपतिको बारेमा चासो राखेका थिए । ४० मिनेटसम्म भएको कुराकानीका क्रममा ओलीले पहिलेको सहमति अनुसार राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई अगाडि बढाउने बताएपछि जवाफमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको दोहोर्याएका थिए ।
१३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन् । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ ।