अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

आजभोलि

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो ।

सहमतिको प्रयास असफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान सुरु गरिएको हो । एमालेनिकट अनेरास्ववियुलाई सहमतिमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।

तर, सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रियामा गएको हो । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिएको छ । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । जारी महाधिवेशनले अध्यक्ष, चारजना उपाध्यक्ष, १० जना सचिव र १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !