सभामुख र उपसभामुखलाई गृहजिल्लामा सम्मान

आजभोलि

झापा । पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृहजिल्ला आएका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई आज सम्मान गरिएको छ । एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएकामा विर्तामोड नगरपालिकाले उनीहरूलाई आज यहाँ कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

घिमिरे नेकपा (एमाले)को तर्फबाट झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने सोही क्षेत्रबाट राना राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

शुक्रबारबाट विर्तामोडमा सुरु हुने १० दिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को समुद्घाटन गर्न सभामुख घिमिरे झापा आएका हुन् । उनीहरूलाई शुक्रबार बिहान अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम राखिएको छ ।

 

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !