कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बुधबार राति खाना पकाउने क्रममा ग्यास लिक भई गम्भीर घाइते हुनुभएका नेता भण्डारीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

यस्तै उक्त घटनामा परी गम्भीर घाइते हुनुभएकी नेता भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । नेता डा भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँका कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि आजै श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको कांग्रेसले जनाएको छ ।

लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी ममतामयी माता ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ । कांग्रेसले स्व हरिकलाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !