सभामुख घिमिरे र उप सभामुख रानालाई झापामा स्वागत

आजभोलि

सुरुङ्गा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई झापामा स्वागत गरिएको छ । बिहीबार झापा पुगेका सभामुख र उपसभामुखलाई अहिले झापामा सम्मान, बधाई तथा शुभकामना थाप्न भ्याइनभ्याइ छ ।

बिहीबार मात्रै बिर्तामोड नगरपालिकाले आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन समारोहमा सभामुख घिमिरे र उपसभामुख रानालाई दर्जन बढी विभिन्न सङ्घ–संस्थाले सम्मान गरेका थिए ।

आज बिहानै सभामुख घिमिरे र उपसभामुख रानालाई बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, सहारा नेपाल (साकोस) लगायतले सम्मान गरेका छन् । आजदेखि यही फागुन १४ गतेसम्म बिर्तामोडमा सञ्चालन हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटनका लागि झापा गएका सभामुख र उपसभामुखलाई त्यहाँका हरेक सामाजिक सङ्घ–संस्थासहित झापा क्षेत्र नं २ अन्तर्गत पर्ने स्थानीय तहले सम्मान गरेका हुन् ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !