उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

आजभोलि

काठमाडौं । देशका उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव विजयी भएका छन् । सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरुले समर्थन गरेका यादव देशको चौथो कार्यकालका लागि तेश्रो व्यक्तिका रुपमा उपराष्ट्रपति पदमा विजयी भएका हुन् ।

गठबन्धनमा रहेका दलहरुको तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) लगायतका दलहरुले यादवलाई समर्थन गरेका थिए भने गठबन्धनमै रहेको जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको थियो ।

त्यस्तै, प्रतिपक्षी नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको थियो । आज भएको निर्वाचनमा यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मत ल्याए भने एमालेकी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत र जनमतकी झाले प्रदेशतर्फ १५ सांसदले मत प्राप्त गरे । फागुन २५ गते राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भइसकेका छन् ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !