किसानलाई राहत उपलब्ध गराउन सिफारिस

आजभोलि

भद्रपुर । असिनासहितको वर्षाले कृषिबालीमा क्षति पुर्याएपछि किसानलाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।

गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

क्षति भएको क्षेत्रफल र सम्बन्धित बालीको प्रतिकठ्ठा उत्पादन लगतको आधारमा रू छ करोड ५१ लाख ९० हजार छ सय १५ राहत उपलब्ध गराउन सिफारिस गरिएको हो ।

असिनासहितको वर्षाले झापाको कनकाई र विर्तामोडमा सबैभन्दा बढी क्षति पुर्याएको थियो । कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौ सय दुई जना किसानले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी चार करोड ४६ लाख ६३ हजार ५६ क्षति भएको छ ।

त्यस्तै, विर्तामोड नगरपालिकाको चार वटा वडामा छ सय ७९ जना किसानले दुई सय ९४ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू एक करोड ५४ लाख ८८ हजार आठ सय ४४ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

हल्दिबारी गाउँपालिकाको एक वटा वडाका ४० जना किसनाको १५ हेक्टर, भद्रपुर नगरपालिकाको एक वटा वडाका दुई जना किसानको १२ हेक्टर र शिवसताक्षी नगरपालिकाकाको दुई वटा वडामा ९४ जना किसानले ५० हेक्टरमा लगाएको मकै तथा तरकारी बालीमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

उत्पादन लागतको आधारमा मकैको प्रतिकठ्ठा रू दुई हजार १३ र तरकारीको रू पाँच हजार एक सय ३० निर्धारण गरी क्षति विवरण सङ्कलन गरी राहतका लागि सिफारिस गरेर पठाइएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।

  • १२ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !