एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य

आजभोलि

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ५८ बल खेल्दै छ चौका प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए ।

बलिङतर्फ कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन÷तीन विकेट लिए । यस्तै गयान मुनवाराले दुई विकेट लिए । नेपालले यसअघि खेलेका तीन खेलमध्ये दुईमा जित तथा एउटामा अङ्क बाँडेको थियो । नेपाल हालसम्म पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । नेपालले साउदी अरेबियासँग वर्षाको कारण अंक बाँडेको थियो । आजको खेलमा जित हासिल गरे नेपाल समूह ‘ए’ को विजेता बन्ने छ । कतार हालसम्म खेलेका तीनवटै खेलमा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

  • १४ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !