काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४६ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५६ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।