काठमाडौं। नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४ पैसा रहेको छ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।