मनसुनमा छालामा कस्ता समस्या देखिन्छन् ?

आजभोलि

 

काठमाडौं । मनसुनको समयमा पानी पर्नुका साथै गर्मी पनि अत्यधिक बढ्छ । पानी परेको चर्को घाममा हावाको आर्द्रता पनि बढ्छ । जसका कारण छालामा विभिन्न प्रकारका समस्या देखा पर्छन् ।

मनसुनमा छालामा ब्याक्टेरिया पनि उच्चसँग बढ्छ। जसले फंगल इन्फेक्सन, चिलाउने, एलर्जी हुने समस्या देखिन्छ । यसबाहेक पसिनाले टाउकोको चिल्लोपना पनि बढेर जान्छ । यसले गर्दा टाउकोमा पिम्पल , घाउको समस्यासमेत देखिन्छ । मनसुनको समयमा छालामा पानी फोका आउने, एक्जिमाको समस्या पनि अत्यधिक हुन्छ ।

यसबाट बच्न छालालाई संक्रमणबाट जोगाउनु आवश्यक छ । यसका लागि मनसुनको समयमा पानीमा भिज्नु हुँदैन् । पानीमा भिजेको छ भने पनि घर आएर सफा पानीले नुहाउनु पर्छ । पानीमा फिटकीरी मिसाउँदा पनि हुन्छ । फिटकिरीमा संक्रमणसँग लड्ने गुण हुन्छ । यसले छालालाई स्वस्थसमेत राख्छ ।

छालामा हुने यस्ता समस्याहरुबाछ जोगिन छाला सफा राख्नुपर्छ । छालामा धुलोका कणहरु हुँदा एलर्जी हुन्छ । छालाको सुरक्षा गर्न हामीले खाने खानपानको पनि प्रमुख भूमिका हुन्छ । सन्तुलित आहार छालाको लागि निकै महत्त्वपूर्ण हो । त्यसैले मनसुनमा सिजन अनुसारका फलफूल, ताजा हरियो साग सब्जी, नट्सको सेवनसँगै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसले बाहिरबाट नभई भित्रैबाट छालामा प्राकृतिक सुन्दरता दिन्छ ।

मनसुनमा छालाको संक्रमणबाट बच्न टी ट्री ओयल पनि प्रभावकारी हुनसक्छ । यसमा एन्टिमाइक्रोबियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले छालाको धेरै प्रकारको एलर्जीबाट राहत दिन्छ। यसबाहेक एलोभेरा पनि छालासम्बनधी समस्याहरुमा लाभदायिक छ । छाला चिलाउने, रातो हुने, एक्जिमा, एलर्जि जस्ता समस्यामा यसको प्रयोग गर्नसकिन्छ । एजेन्सी

  • ८ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !