काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको पाँचौं दिन बिहीबार ६०० ले घटेको सुनको मूल्य आज अन्तिम दिन शुक्रबार भने प्रतितोला २०० रुपैयाँले नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज १ हजार ३६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो ।