सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र

आजभोलि

चितवन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले जिल्लाका विभिन्न स्थानमा नागरिक आरोग्य सेवा केन्द्र थप गर्ने तयारी थालेको छ ।

आयुर्वेद अस्पालमा बिरामीको आकर्षण बढेसँगै सेवा केन्द्र थप गर्न लागिएको हो । विसं २०५१ मा जिल्लामा पहिलो आयुर्वेद केन्द्र स्थापना भएको थियो । आयुर्वेद सेवाप्रति बिरामीको आकर्षणसँगै केन्द्र थप गर्नका लागि सेवाग्राहीको माग बढेको हो ।

कार्यालय प्रमुख डा कोपिला अधिकारीले भरतपुर महानगरपालिका, माडी नगरपालिका र खैरहनी नगरपालिकामा केन्द्र थप गर्नका लागि माग बढेको जानकारी दिइन् ।

आगामी आर्थिक वर्ष माडी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गर्न स्वास्थ्य केन्द्रले स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको उनले जानकारी दिइन् । बजेटको अवस्था र मन्त्रालयको अनुमति भए भरतपुर महानगरमा थेरापीसहितको केन्द्र र खैरहनीमा समेत नागरिक आरोग्य केन्द्र थप गरिने उनले बताइन् । आवश्यकता महसुस भए र बजेटले सम्बोधन गरे तीन स्थानमा नै सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

आगामी आवमा एक स्थानमा मात्रै केन्द्र थप्ने योजनामा रहेको अधिकारीले बताइन् । अहिले जिल्लाका सात पालिकामा नै सेवा दिँदै आएको स्वास्थ्य केन्द्रले सेवालाई चुस्त र गाउँगाउँमा पु¥याउने लक्ष्य लिएको छ । अहिले उपचार केन्द्र चार वटा, आठ वटा औषधालय र एउटा स्वास्थ्य केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

जनताको माग बढेसँगै विगत तीन वर्षदेखि केन्द्र विस्तारको काम गरिँदै आइएको उहाँको भनाइ छ । जिल्लामा रहेका स्वास्थ्य केन्द्र, उपचार केन्द्र र औषधालयबाट चालु आवको जेठ मसान्तसम्ममा ५० हजार एक सय ८३ जनाले सेवा लिएका छन् ।

बिरामीको चाप बढेसँगै सरकारले प्रादेशिक आयुर्वेद अस्पताल निर्माणको कामलाई तीव्र बनाएको छ । रत्ननगर नगरपालिकामा १० कठ्ठा जग्गामा अस्पताल निर्माणको कामलाई तीव्र बनाइएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने उद्देश्यका साथ भवन निर्माणको कामलाई तीव्र बनाइएको हो । बहुवर्षीय योजनाअन्तर्गत रु १३ करोडको लागतमा भवन निर्माण गर्न लागिएको हो ।

तीन वटा भवन निर्माणका लागि सम्राट इन्जिनियरिङ निर्माण सेवा पिप्ले राप्ती चितवनले ठेक्का सम्झौता गरी कामलाई अघि बढाएको छ । अहिलेसम्म निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको अधिकारीले जानकारी दिइन् । नवनिर्मत भवनमा एउटा तीन तलाको र दुई वटा दुई तलाको हुनेछ । यहाँ थेरापी ब्लक, प्रशासन भवन, ओपिडी भवन र प्रयोगशाला रहने उनले बताइन् ।

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !