सामान्य अङ्कले बढ्यो नेप्से

आजभोलि

काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ ।

आज विभिन्न कम्पनीका कुल ४० लाख नौ हजार २६३ कित्ता शेयर रु एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ दशमलव ७९ मा कारोबार भएको छ । यो दिनको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किममा सकारात्मक सर्किट लागेको छ । साथै लवर्टी इनर्जी कम्पनीको नौ दशमलव ९४ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको छ दशमलव १७ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको पाँच दशमलव ७७ र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको शेयर मूल्य चार दशमलव ९८ प्रतिशतले बढेको छ ।

त्यसैगरी लक्ष्मी इक्विपटी फण्डको शेयर मूल्य सात दशमलव ४३ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको चार दशमलव ४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कनस्ट्रक्सन लिमिटेडको चार दशमलव २१ प्रतिशत, सुपर माइ हाइड्रोपावर लिमिटेडको तीन दशमलव ९० प्रतिशत र बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजारपुँजीकरण रु ३० खर्ब ४३ अर्ब ९१ लाख ७७ हजार ५७९ दशमलव आठ पुगेको छ ।

  • ३२ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !