काठमाडाैं । कात्तिक १२ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।