काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर ८ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ८८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।