विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर

आजभोलि

ग्वाङ्जाउ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले शनिबार अन्य मुलुकका सञ्चारमाध्यम र संस्थाहरूसँग समाचार र कर्मचारी आदानप्रदान तथा एकीकृत मिडिया विकास जस्ता क्षेत्रमा सहयोगलाई गहिरो बनाउन सम्झौताहरूमा हस्ताक्षर गरेको छ ।
शनिबारदेखि शुरु भई यही मङ्सिर २२ गतेसम्म चल्ने पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (डब्लुएमएस)का क्रममा दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको ग्वाङ्जाउमा हस्ताक्षर समारोहको आयोजना गरिएको थियो । समारोहमा सिन्ह्वाका अध्यक्ष फू हुआ र अर्जेन्टिना, फिलिपिन्स, रसिया, बुरुन्डी र बारबाडोसका मिडिया सङ्गठन र सरकारी विभागका प्रतिनिनिधिहरू उपस्थित थिए।
समारोहमा मिडिया आउटलेटका प्रतिनिधिहरूले सिन्ह्वा र अन्य चिनियाँ मिडियासँग आदानप्रदान, आपसी सिकाइ र व्यावहारिक सहयोगलाई सुदृढ बनाउनका लागि यो अवसरको लाभ उठाउन इच्छुक रहेको बताए। यसबाट चीनका बारेमा गहिरो र व्यापक बुझाइ हासिल गर्न सहयोग पुग्ने, विभिन्नि मुलुकबीच जनता–जनताको सम्पर्क बढाउन र विश्व शान्ति तथा विकासलाई प्रवर्द्धन गर्न योगदान पुग्ने उनीहरूको भनाइ थियो ।
अर्जेन्टिनाको तेलम समाचार समितिका अध्यक्ष मारिया बर्नार्डा लोरेन्टले सिन्ह्वासँग हस्ताक्षरित सम्झौताको उच्च महत्त्वको प्रशंसा गर्दै दुवै मुलुकबीचको मजबुत मिडिया सहकार्यले दुई देशका जनताबीच आपसी विश्वास र बन्धनलाई अभिवृद्धि गर्न उपयुक्त भएको बताए ।
फिलिपिन समाचार समितिका प्रमुख लुइस औसान मोरेन्टेले फिलिपिन समाचार एजेन्सी र सिन्ह्वाले सञ्चार र सहयोगलाई सुदृढ बनाउन थप कर्मचारी आदानप्रदान र भ्रमण गर्ने विश्वास व्यक्त गरे ।
रसियाको रोसिस्काया गजेटाका उपमहानिर्देशक एन्ड्रे पर्सिनले सिन्ह्वासँगको सम्झौताले सहयोका लागि नयाँ सम्भावनाहरू खोलेको बताए । रुसी पाठकहरूलाई चिनियाँ राजनीति, संस्कृति, खेलकुद र विज्ञान तथा प्रविधिका समाचारहरूमा ठूलो चासो रहेको उनको भनाइ थियो ।
बुरुन्डियन प्रेस पब्लिकेसनका महानिर्देशक लुइस कम्वेनुबुसाले शिखर सम्मेलनले विभिन्न मुलुकका मिडिया आउटलेटहरूलाई आदानप्रदान गर्ने अवसरहरू सिर्जना गर्ने भन्दै त्यस्ता आदानप्रदानले विश्वव्यापी मिडियाको विकासलाई अगाडि बढाउने अपेक्षा गरिएको बताए ।
बारबाडोस सरकारी सूचना सेवाका प्रमुख सूचना अधिकृत टाइसन एन्थोनी हेनरीले सम्मेलनलाई दुई मुलुकले कर्मचारी तथा प्रविधि आदानप्रदानको प्रवर्द्धन गर्ने अवसरमा रूपमा उपयोग गर्ने आशा व्यक्त गरे ।
हालसम्म सिन्ह्वाले मिडिया आउटलेटहरू, सरकारी विभाग र उच्च शिक्षा संस्थाहरूसहित विश्वभरका तीन हजार छ सयभन्दा बढी संस्थाहरूसँग सहयोग सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।
‘विश्वव्यापी आत्मविश्वास बढाउँदै, मिडिया विकासको प्रवर्द्धन’ भन्ने विषयवस्तुमा पाँचौँ डब्लुएमएसले एक सय एक मुलुक र क्षेत्रका चार सय ५० भन्दा बढी सहभागीलाई भेला गरेको छ । सम्मेलनमा एक सय ९७ मूलधारका मिडिया आउटलेट, बुद्धिजीवी, सरकारी एजेन्सी, चीनमा कूटनीतिक नियोगहरूका साथै संयुक्त राष्ट्रसङ्घका एजेन्सी तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरू सहभागी छन् ।

  • १७ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !