चीनमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

आजभोलि

एजेन्सी । चीनको उत्तरपश्चिम क्षेत्रलाई केन्द्र बनाएर गएराति शक्तिशाली भूकम्प गएकाे छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समय अनुसार सोमबार राति ११:५९ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट १११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका बताइएको छ ।

भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ । यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ । भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ । भूकम्पपछि पानी तथा बिजुलीको आपूर्ति ठप्प भएको छ ।

  • ३ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !