काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १३ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७७ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ६१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।