काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको हो । बजार २०९४.४६ को विन्दुमा पुगेको छ ।
यस दिन ३०६ धितोपत्रका एक करोड सात लाख ५१ हजार १६४ कित्ता सेयर तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबारमा आएका १३ मध्ये चार उपसमूहको परिसूचक वृद्धि भएको छ । बाँकी उपसमूहको परिसूचक घटेको छ । हाइड्रो उपसमूहको समूहगत सूचक सर्वाधिक १.३३ प्रतिशतले बढेको छ ।
मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशतले घटेको छ ।