काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ ।
मन्त्रालयकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेतलाई जिम्मेवारीबाट हटाइएको छ ।
गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे खुलाएको छैन । एसपी लिम्बु प्रहरी सेवाको अन्तिम अवधितिर छन् ।
गृहमन्त्रीको सचिवालयका एक अधिकारीले अवकाशको एक वर्ष अवधि बाँकी रहेका बेला इञ्चार्ज नदिने नीति अनुसार उनलाई फिर्ता बोलाइएको बताए । उनले भने, ‘उहाँको ६÷७ महिना पनि त्यहाँ पूरा भइसकेको थियो ।’