वाशिङ्गटन । अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।
कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको हो । प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठूलो जीत भनेका छन् ।
डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।एजेन्सी