आज पनि नेप्से परिसूचकमा पहिरो

आजभोलि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार कूल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स रु सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स रु छ करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट रु चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट रु चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

एसबिएस ऋणपत्र नौ दशमलव ९९, गोर्खाज फाइनान्स नौ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक पाँच दशमलव शून्य दुई र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका नेप्सेले जनाएको छ । त्यस्तै, रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स छ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त छ दशमलव ५०, डोल्टी पावर पाँच दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले पाँच दशमलव शून्य छ प्रतिशतले गुमाएका छन् ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !