काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको मागलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् लामिछानेले भने, ‘एक पटक बोल्न पाउनु पर्यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो मिडिया ट्रायल ?’
कांग्रेसले लामिछानमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ ।