अध्यनको सार
‘कवितासँग पाँच दशक ’ कवितासङ्ग्रहभित्रका एकसय तिनवटा कविताहरूमध्ये सातवटा कविताहरू ‘तरुण विधुुवा’
‘घाँसको गलैचामाथि एउटा स्त्री’, ‘मट्टीकी पुुतली’, ‘जेठको गर्मीमा एउटी स्त्री’, ‘क्याबिनकी कल्पना’ र ‘गार्मेन्टकी
गायत्री’, ‘मासुु पसलमा एउटी स्त्री’, शीर्षकका कविताहरूमा रहेको मानसिक वा शारीरिक पीडाका बोरमा चर्चा गर्नुु नै
यस लेखको मूूल मर्म हो । उपर्युुक्त कविताहरूभित्र अभिव्यक्त पीडाको पहिचना गरी विश्लेषण गर्नुु यस लेखको मूूल
उद्देश्य हो । पुुस्तकालयमा गई नारीहरूको पीडासँग आबद्ध भएका पुुस्तकहरूको पठनविधि प्रयोग गरी कविताभित्र
अभिव्यक्त भएको मानसिक तथा शारीरिक पीडालाई कविताको विश्लेषण विधिका आधारमा लेख तयार गरिएको छ
। कवितासँग पाँच दशक कवितासङ्ग्रहभित्रकापीडापरक सातवटा कविताहरूलाई प्राथमिक स्रोतका रूपमा मानिएको छ
। नारीहरूका पीडा सम्बन्धी उल्लेख भएका अन्य सामग्रीहरूलाई सहयोगी सामग्रीका रूपमा अपनाइएको छ ।
महिलाहरूका पीडाहरूका बारेमा चर्चा गर्ने व्रmममा कवितासङ्ग्रहमा उल्लेख गरिएका उपर्युुक्त शीर्षकका सातवटा
कविताहरूमा के कस्तो खालको पीडाभाव व्यक्त भएको छ, जीवन जिउनका लागि गरिने व्रिmयाकलापका सम्बन्धमा
भोग्नुु परेका सस्याहरू, नारीलाई हेर्ने दृष्टिकोणका प्रसङ्गहरू, उनीहरूका बाध्यता वा भविश्यका सुुन्दर सपनाहरू
साकार पार्नका लागि नारीद्वारा गरिने निरन्तर सङ्घर्ष, उनीहरूले भोग्नुु परेका समस्याहरू, अर्थ आर्जन गर्नका लागि
गरिने घुुणित कार्यहरू र उनीहरूका आध्यान्तरिक चाहनाहरूका कारणले असन्तुुष्ट मनहरूको उल्ल्ेख गर्दै सामाजिक
न्यायको उजागर गर्न खोजिएको छ । वास्तवमा भन्ने हो भने उक्त सातवटा कविताभित्र नारीका समस्या तथा
बाध्यताहरूप्रतिको दृष्टिकोण, आपूूmलाई भोग्याका रूपमा प्रस्तुुत गर्नै पर्ने बाध्यात्मक प्रस्तुुति आदि प्रसङ्गहरू
उल्लेख गर्दै महिलाप्रति सामाजिक न्यायिक पक्षको उजागर गर्ने प्रयत्न गरिएको छ । सातवटै कविताहरूका
माध्यमबाट महिलाहरूप्रति सामाजिक न्यायका बारेमा खोजी गरिएकोले आजको समाजमा नारीहरूको पीडा, बाध्यता
आदिको अनुुसन्धान गर्ने व्यक्तिहरूका लागि पनि प्रस्तुुत लेख जीवनोपयोगी हुुने छ ।
९२० व्याख्या र विश्लेषण ‘कवितासँग पाँच दशक ’ कवितासङ्ग्रहभित्रका एकसय तिनवटा कविताहरूमध्ये सातवटा
कविताहरू ‘तरुण विधुुवा’ ‘घाँसको गलैचामाथि एउटा स्त्री’, ‘मट्टीकी पुुतली’, ‘जेठको गर्मीमा एउटी स्त्री’, ‘क्याबिनकी
कल्पना’ र ‘गार्मेन्टकी गायत्री’, ‘मासुु पसलमा एउटी स्त्री’, शीर्षकका कविताहरूमा रहेको नारीहरूको मानसिक वा
शारीरिक पीडाका बोरमा चर्चा गर्नुु नै यस लेखको मूूल मर्म हो । कविताको व्याख्या र विश्लेषण यस प्रकारबाट
गरिएको छ ।
९२।१० रचयिता र रचना
‘कवितासँग पाँच दशक’ कवि हरि अधिकारीद्वारा रचना गरिएको गद्य कवितासङ्ग्रह हो । कवि २००९ सालमा
वाग्मती अञ्चलको काभ्रेपलान्चोक जिल्ला अन्तर्गत कुुशादेवी गाउँमा जन्मेका कवि हरि अधिकारी कविता, कथा,
व्यङ्ग्य, आलोचना जस्तो अनेक विधामा निकै चर्चित एवं उर्जाशील व्यक्तित्व हुुन् । मूूलतः कविताका क्षेत्रमा गरेको
योगदान स्रष्टा एवं द्रष्टाका लागि पठनीय एवं अनुुकरणीय बनेको देखिन्छ । कवि हरि अधिकारीले ‘कवितासँग पाँच
दशक शीर्षकको कवितासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । यस कवितासङ्ग्रहभित्र कविता यात्रा आरम्भ, कविता
यात्राको एउटा विसौनी, कविताको संसारमा निरन्तर गरी तिन बेग्लै शीर्षकमा १०३ वटा विविध शीर्षकका कविताहरू
समाहित छन् ।
९२।२०।‘कवितासँग पाँच दशक’ भित्र नारीका सप्त पीडा
‘कवितासँग पाँच दशक’ शीर्षकको कवितासङ्ग्रहमा सातवटा भिन्नभिन्नै शीर्षकका कवितामा नारीका वास्तविक
पीडापरक विषयवस्तुु उल्लेख गरिएको छ । तिनै कविताहरूको विषयवस्तुमा, भावपक्ष र मानसिक पीडाका बारेमा
प्रकाश पार्ने प्रयत्न गरिएको छ । सातवटा कविताहरू ‘तरुण विधुुवा’ ‘घाँसको गलैचामाथि एउटा स्त्री’, ‘मट्टीकी
पुुतली’, ‘जेठको गर्मीमा एउटी स्त्री’, ‘क्याबिनकी कल्पना’ र ‘गार्मेन्टकी गायत्री’, ‘मासुु पसलमा एउटी स्त्री’, शीर्षकका
हुुन् ।
९३० निर्दिष्ट कविताको विश्लेषण
‘तरुण विधुुवा’ ‘घाँसको गलैचामाथि एउटा स्त्री’, ‘मट्टीकी पुुतली’, ‘जेठको गर्मीमा एउटी स्त्री’, ‘क्याबिनकी कल्पना’ र
‘गार्मेन्टकी गायत्री’, ‘मासुु पसलमा एउटी स्त्री’ शीर्षकका फुुटकर कविताहरूको विश्लेषण निम्नअनुसार गरिएको छ
९३।।१०।‘तरुण विधुुवा’
हरि अधिकारीद्वारा रचना गरिएको मासुुपसलकी एक स्त्री अर्को महत्वपूर्ण नारीबादी कविता हो । नारीका
सप्तपीडाहरू मध्ये तरुण विधुुवा शीर्षकको कविता पहिलो पीडापरक कविता हो । जसमा एक तरुण विधुुवाको
मानसिक पीडा अभिव्यक्त भएको छ । सेतो कात्रोमा बेरिएको लासभैंm एक तरुण विधुुवा आप्mना भविष्यका सुुन्दर
सपनाहरू मरिसकेको अवस्थामा रहेकी छिन् । मातृवात्सल्यबाट बन्चित हुुन पुुगेकी ती तरुण विधुुवा मरेर गएका
पतिसँगका रमणीय क्षणहरूको समझना गर्दै आँखाबाट पीडारुपि अश्रुुकणहरू झार्दै अज्ञानताको आँगनमा लम्पसार
भएर सुुतेकी छिन् । न अमृतरूपी स्तनहरू चुुस्ने सन्तान छन्, न सन्तान सृष्टिका लागि वासनात्मक सन्तुुष्टि
गराउँने आधार छ । न मर्नुु न बाँच्नुुको दोसाँधमा रहेकी मानसिक एवं शारीरिक पीडाले रन्थनिएकी ती तरुण
विधुुवाको जीवन मूूल्यहीन एवं निरस बनेको छ । आज हाम्रो समाजमा विधुुवा विवाहलाई स्वीकार गर्न सकिएको
छैन । समाजले हेप्ने प्रवृत्ति पनि उत्तिकै छ । सेतो धोतीमा जीवनभरि अछुुतो भएर बाँच्नुु पर्ने बाध्यात्मक
परिस्थितिको चित्रण गरिएको छ ।
कवितामा भनिएको छ
राम्ररी नचुुसिएका उसका रक्तिम ओठहरू
थर्थर काँपिरहेका थिए,
उसको मुुटुमा बारम्बार गुुञ्जिरहेको थियो
मरेर जानेले सुुनाएको
प्रेमको उष्ण सङ्गीत । ९पृष्ठ ९१०
एक तरुण विधुुवाको दयनीय पीडायुुक्त जीवन यहाँ उल्लेख गरिएको छ । पतिसितका अविस्मरणीय क्षणहरूको
संझना एकातिर रहेको छ भने अर्कोतिर आगामी जीवनका आगामी दिनहरू कसरी कहाँ बित्ने हुुन् रु निकै कारुणिक
परिस्थिति छ । बाँचनका लागि आवश्यक कुुनै पनि आधार नदेखेपछि ती तरुण विधुुवाको अवस्थालाई कविताको
अन्त्यमा यसरी उल्लेख गरिएको छ
गाढा साँझको ध्वाँसे रङ्गमा
निथ्रुुक्क भिजेकी त्यो तरुण विधुुवा
धिप्धिप् गरिरहेको मलिनुु दियो भैंm
बिस्तारै बिस्तारै निंभिरहेकी थिई ।। ९पृष्ठ ९१०
यी मरणान्त अवस्थामा भएकी विधुुवालाई अहिले परिवार, समाज, इष्टमित्र, साथीभाइ, बन्धुुबान्धवको सहयोग र साहस
चाहिएको छ । बाँच्ने आधार चाहिएको छ । सङ्घर्षको हिड्न सजिलो मार्ग चाहिएको छ । यी आधारहरू कतैबाट
प्राप्त नभएपछि उनी मर्नुुबाहेक अरु केही देख्दिनन् । यस्तो बेलामा दिल खोलेर सहयोग गरौँ । बाँच्ने आधारहरू
तयार गरिदिनुु हाम्रो कर्तव्य हो भन्दा बाल वा तरुण अवस्थाका विधुुवाहरूका लागि आधारभूुमि तयार गरिनुुपर्छ
सन्ने सन्देश दिइएको छ ।
९३।।२० ‘घाँसको गलैचामाथि एउटा स्त्री’
हरि अधिकारीद्वारा रचना गरिएको घाँसको गलैचामा एउटा स्त्री शीर्षकको कविता अर्को महत्वपूर्ण नारीबादी फुुटकर
कविता हो । यस कििवतामा स्त्री आँखामा सपनाको आकाश पैmलिएको छ, चेतनामा प्रेमीहरूको आकृति अवस्थित
छ, बेहोसमा होस भएभैंm ढल्किएकी छिन् घाँसको गलैचामाथि एक स्त्री । गम्भीर, शान्त र स्निग्ध सरोवर नजिकैमा
सुुतेको छ । आँखाका परेलीरु हल्लिएका छन् । ढक्कनहरू खुुलेका छन् । एकछिन अगाडिका समाधिस्थ आँखाहरू
उघ्रेका छन् । प्रकाशको अशेष साम्राज्य आरम्भ भएको छ । घाँसको गलैंचामा पल्टिएकी एक स्त्रीका पाखुुरामा
न्यानो घाम चम्किएको छ । स्मृतिका चिन्हहरू संवेदनापूुर्ण बनेका छन् । छातीमा प्रेमको वृक्ष बढेको छ । मुुटुुले
अस्थित्वको खोजी गरेको छ । सुुगन्धित हावामा ती स्त्रीको स्वास बढिरहेको छ । कामातुुर ओठहरू थर्थराउँछन् र
तृप्ति पाएर शान्त हुुन्छन् । सृष्टिको पूmुलको बीजारोपण हुुन्छ । समयभोगाइका क्षणहरू आप्mनै मनभित्र हलुुका
पाराले छरिन्छन् । कविताको विषयवस्तुु यतिमै समाप्त हुुन्छ ।
घाँसको गलैचा प्रकृतिको काख हो जहाँ एक स्त्री सुुन्दर अनुुभूुतिका लागि पल्टेकी छिन् । कवितमा एक प्रसङ्ग यस
प्रकार रहेको छ
जब उसका ओठहरूm कामातुुर भएर थर्थराउँछन्,
र, तृप्ति पाएरमात्र शान्त हुुन्छन्
त्यहीं जीवनको अक्षरता गर्जना गर्छ,
त्यही सृष्टिको पूmुल ताजा औ महान हुुन्छ,
आउने जाने समयका टुुव्रmाहरू हलुुका र नबिभ्mने भएर
छरिन्छन् हाम्रा आकाशहरूमा ।। ९पृष्ठ ९६०
यहाँ कविले खगाकाशका क््रा नगरेर हामीभित्रकै महाकासका कुुरा गरेका छन् । नारीहरूभित्र अवस्थित कामवासना,
सृष्टिका निम्ति तृप्तिको अवस्था, आपूूmबाट जन्मिएका सन्तानहरूको स्वर्णिम भविश्य निर्माण, जन्म र मृत्युुको
चव्रm र मायाले रचेको संसारमा नारीको स्थानलाई खोज्ने प्रयास गरिएको छ । सपनाको आकाश, आँखाका
ढक्कनहरू, प्रेमको वृक्ष, समयका ध्वनि, जीवनको अक्षरता, सृष्टिको पूmुल, समयका टुुव्रmाहरूm हाम्रा आकाशमा
जस्ता बिम्बहरूको प्रयोगले कवितालाई भावगाम्भीर्य बनाएका छन् । निम्नवर्गीय कर्मयोगी मानिसका नानीरुका
सुुन्दर कल्पना, स्वर्णिम सपनाहरू त्यसैत्यसै बिलाउँदै जान्छन् । परिवार एवं समाजले नारीको मनोविज्ञान नबुुभ्mदा
उनीहरूको जीवन जीवनजस्तो हुुन सकेको देखिदैन भन्दै घाँसको गलैचामाथि बसेका अर्थात् सुुन्दर सपनाहरू सजाएर
हुुर्किएका स्त्रीहरूको यथार्थ अवस्थाको चित्रण गरिएको छ ।
९३।।३० ‘मट्टीकी पुुतली’
हरि अधिकारीद्वारा रचना गरिएको मट्टीकी पुुतली शीर्षकको कविता अर्को महत्वपूर्ण नारीबादी फुुटकर कविता हो ।
भक्तपुुरको इटाभट्टामा कार्यरत एकजना रुक्मेली युुवतीको जीवनचव्रmलाई यस कविताको मूुल विषयवस्तु बनाइएको
छ । प्रथम पुुरुषशैलीबाट आरम्भ भएको प्रस्तुुत कवितामा ती नारीले आपूूmलाई यही मट्टीको पुुतलीका रूपमा
स्थापित गरेकी छिन् । गर्धनमा माटोको रङ, कपालमा माटैको धुुलोको श्रृङ्गार सजिएको अनुुभूूत गर्दछिन् । खाजामा
माटाकै गन्ध मिसिएको छ । आप्mनै शरीरमाथि माटो खनिएको छ । उनीले आपूmुलाई माटोमै एकाकार गरेकी
छिन् । नराम्रो भन्नेहरू धेरै होलान्, राम्रो ठान्नेहरू पनि होलान् । शरीरलाई पृथ्वी ठानी खनजोत गर्ने पनि छन् ।
शरीर सुुम्सुुम्याएर ओठहरू थुकले भिजाउनेहरू पनि छन् । साँचोमा ढाल्नेहरू पनि छन् । आपूmुमाथि लालसाका
आँखाहरू ओछ्याउनेहरू पनि छन् । आपूूm एटाको साँचोमा अटाएकी, बिनाप्रतिरोध सुुतेकी, बलिष्ठ पाखुुरीमा
अठ्याइएकी, कही सग्लै ओछ्याइएकी, कतै टुुव्रm्याएर, कतै धुुल्याएर, कतै जोडजाड गरेर सृष्टिको विशाल मण्डलमा
मिलाइएको अनुुभूूत गर्दछिन् । आप्mना जीवनका आयामहरू कतै पैmलाइएको र कतै खुुम्च्याइएको अनुुभूुत गरेकी
छिन् ।
मट्टीकी पुुतलीका बारेमा कवि यसरी लैख्छन्
मेरो शरीरलाई पनि आवश्यकता अनुुसार
याम मिलाएर खनजोत गर्नेहरू छन्
गिलो माटोको नरम केस्राजस्तै मेरो ओठलाई
थुुकले भिजाउनेहरू धेरै छन्
सुुम्सुुम्याउँदै, थुुम्थुुम्याउँदै, साँचोमा ढाल्दै,
मेरो आराधना गर्नेहरू छन्
इंटा बनाउनुु अघिको माटोलाई जस्तै
मलाई जतन र प्रेमले मुुछ्नेहरू अहिले पनि मेरो वरिपरि
लालसाको आँखा ओछ्याइरहेका छन् ।। ९पृष्ठ १०६०
कामुुक आँखाहरूले नारीको रूप सौन्दर्यलाई हेरेर आप्mनो अतृप्त कामवासना पुुरा गर्न अगाडि सर्ने, अनेक प्रकारका
लोभलालस देखाएर आप्mनो चाहना अनुुसार उनीहरूको शरीर प्रयोग गर्ने प्रवृत्तिप्रति घृणा प्रकट गरिएको छ ।
सिद्धान्तमा यत्र नार्यस्तुु पुुज्यन्ते रमन्ते तत्र देवता अर्थात् जहाँ नारीको पूुजा हुुन्छ त्यहाँ देवता पनि रमाउँछन् भनी
सैद्धान्तिक व्याख्या गर्ने व्यवहारमा भने नारीलाई आप्mनो इच्छा अनुुसार नचाउन पाउनुुपर्छ भन्ने व्यवहार गर्ने
प्रवृत्ति प्रति कवि निकै रुष्ट छन् ।
कविले मट्टीकी पुुतलीलाई साँच्चिकै माटाकी पुुतलीका रूपमा प्रतिबिम्बित गरेका छन् । जसरी माटोमा बाटो
बनाउनहोस् वा बिगार्न, घोडा दौडानहोस् वा कार, माटोलाई चिथोर्नुुहोस् वा कोपर्नुुहोस्, माटो मौन भएर सबै स्विकार्दै
जान्छ त्यसरी नै निरन्तर कर्मलाई प्राथमिता दिएर आप्mनो जीवन माटामै समर्पण गर्न बाध्य भएकी छे एक स्त्री ।
त्यसमाथि पुरुषहरूको कुुदृष्टिकोणका कारण आजका तिनै महिला निकै पीडित भएका छन् । उनीहरूको जीवन
उनीले चाहेको जस्तो बनाउन पाएका छैनन् । एक कर्मयोगी नारी जसलाई कर्मका आधारमा सम्मान गर्नुु पर्ने हो त्यो
हामीले कहिले देख्न पाउँछौँ रु नारीले आप्mनो चाहना अनुुसारको सुुन्दर जीवन बनाउन पाउने दिन कहिले आउलान्
रु कवि चिन्तित भएर इट्टाभट्टामा काम गर्ने नारीको कारणिक जीवनको यथार्थबोध गराएका छन् । वास्तवमा
भन्नुु पर्दा आर्थिक अभावका कारण हाम्रो समाजका नानीहरू शिक्षा आर्जन गरी सुुन्दर भविश्य निर्माण गर्ने बेलामा
अरुका लागि सत्कर्म गदौगर्दै अरुले जस्तो बनाए पनि हुुने, जसरी नचाए पनि हुुने माटाको पुुतली वा खेलौना जस्तै
भएका नारीहरूको यथार्थ भोगाइलाई यस कवितामार्र्पmत उल्लेख गर्दै नारी र उनीका कर्मलाई सदैव सम्मान गर्नुु
पर्ने अभिप्राय व्यक्त गराएका छन् ।
९३।।४० ‘जेठको गर्मीमा एउटी स्त्री
हरि अधिकारीद्वारा रचना गरिएको जेठको गर्मीमा एउटी स्त्री शीर्षकको कविता अर्को महत्वपूर्ण नारीबादी फुुटकर
कविता हो, जसमा मात्रै एक श्लोक रहेको छ । धुुलाम्मे राजमार्गको किनारको यौटा तरकारी पसलमा एउटी स्त्री
बसेकी छे । गर्मी निकै छ । एकचोक्टो घामलाई थोत्रो छाताभैंm ओडेर आशाको स्वप्निल मार्गमा बसेकी छे ।
सपनाको मण्डीमा सजिएका चाहनाहरूलाई विनिमय गरेर बिनाप्रेम वा उल्लासको वाताारणमा छे । धेरै मानिसहरूले
धेरैपटक चुुमेको पातला ओठहरूमा कुुरूप मुुस्कानको मलिनुु जलप छ । लक्ष्मणसिंह खड्काको अचाक्ली लामो पताका
र पर्खालमा टाँगिएको भावी राष्ट्रपतिले उचालेको मुुठ्ठीमा अनिच्छाका साथ अलमलिएर बसेकी छे र आप्mनो
अस्तित्व कहाँ छ रु अनि यौटा भरपर्दो ग्राहक कहाँ छ रु यही चिन्तनमा ती यौटी नारी लामो समयसम्म बसिरहेकी
छन् । कविताको विषयाधार यही हो ।
कवि लेख्छन्
एकछिन वा धेरैबेर,
अनिच्छाका साथ अलमलिएर
एउटा तरकारी पसलमा एउटी स्त्री
जेठको पट्यार लाग्दो अपरान्हको विरसिलो क्षणमा
खोज्दैछे आपूूmलाई र एउटा भरपर्दो ग्रहकलाई ।। ९पृष्ठ १०८०
सुुकेर चाम्री परेको पर्बरको तरकारी अभैm बिकेको छैन । कोही आएमा विव्रmी हुुन्छ कि भनी ग्राहकको पर्खाईमा
बसेकी छिन् भन्ने एकातर्पmको अर्थ र अर्को तर्पm जीवन साथीको पर्खाईमा बस्दा बस्दा आधाभन्दा बढी उमेर
बितिसक्दा पनि आपूmुले चाहना गरेको जस्तो असल ग्राहक नआउदाको पीडाले सधैं सताउने गरेको प्रसङ्ग उल्लेख
छ । कसैलाई पर्खिरहने इच्छा छैन, नपर्खिएर पनि भएको छैन । यस्ता नारीहरूको जीवन दुुःखैदुुःखको दोसाँधमा
रहेको यथार्थ यहाँ कविताका माध्यमबाट उल्लेख गरिएको छ ।
जीवन जिउने आधार कतै नपाए पछि सडक किनारामा स साना तरकारीका पसल थापेर बस्न बाध्य भएका आजको
नारीको यथार्थ जीवन हो यो कविता । तरकारीको विव्रिmवितरणलाई आय आर्जनको मूुल माध्यम बनाएर बसेका
यस्ता नारीहरू न त उनीहरूको व्यापार फुस्टाउने मौका दिइएको छ न त सम्मानपूुर्वक अस्तित्व निर्मामा सहयोग
गरिएको छ । एकातिर न त दलालीहरूले सुुपथ मूूल्यमा त्यो तरकारी व्रmय विव्रmयको वातावरण निर्माण गर्न
दिन्छन् अर्कोतिर कामवासनाका विशालुु सर्पहरूले बेलाबेला डस्न जान्छन् र विरामी बनाउँछन् । पहेंलिदै गएको,
चाउरी पर्दै गएको पर्बरको जीवनसँग आजको ती कर्मयोगी नारीलाई तुुलना गरिएको छ । सपनाको मण्डीमा नारीका
तमाम चाहनाहरू ओइलाउँदै गएको यथार्थलाई अगाडि सारिएको छ ।
९३।।५० ‘क्याबिनकी कल्पना’
हरि अधिकारीद्वारा रचना गरिएको क्याविनकी कल्पना अर्को महत्वपूर्ण नारीबादी फुुटकर गद्य कविता हो । प्रस्तुुत
कवितामा साँझको अँध्यारोमा पारदर्शी बर्को ओढेर काममा जुुटेकी छे कल्पना । साँझको पहिलो पाहुुन उनीको दैहिक
अन्तपुुरमा परिचित जस्तै भएर आउँछ । आकृतिमा कल्पनाको बाबुु जस्तै पनि छ । बलियो लोग्ने मान्छे जस्तो वा
जङ्गलमा पसेको प्रेमी जस्तो । कल्पनाले कर्मयोगमा आपूmुलाई होमिदिएकी छे । अधबैंसे पुुरुषका ओठ
आशक्तिहीन तन्मयताका साथ चुुसिरहेकी छे । उसका पसिना पहेंला हातका औलाहरू कम्जोर भए पनि पुुरुषको
आह्वान सजिलै गर्न सक्छन् । अस्फुुट सित्कार ९स्पष्ट नबुुझिने स्वाँस्वाँहरू० आनन्द वा उन्मादको हो वा पीडाको
हो रु भक्कानो छोडिरहेकी छे ऊ । कल्पानालाई थाहा छ, अहिले उसको हंस ऊसँग छैन । शहरको यौटा अँध्यारो
कुुनमा अधमरोभैंm उभिएको छाप्रोभित्र भर्खरै मरेको शिशुुको मनतातो शरीरनिर निःशब्द, निर्भाव र निद्र्वन्द्व
बसिरहेकी छे । एउटी अभागिनी आमाको मुुटुुभित्र साटिएकी छे । क्याबिनकी कल्पना शीर्षकको कविताको आधारभूुमि
यत्ति हो ।
कवितामा कवि यसरी अगाडि बढ्छन्
कल्पनालाई थाहा छ
अहिले उसको हंस ऊसँग छैन,
त्यो त सहरको एउटा अँध्यारो कुुनामा
अधमरोभैंm उभिएको छाप्रोभित्र
भर्खरै मरेको शिशुुको मनतातो शरीरनिर
निःशब्द, निर्भाव र निद्वन्द्व बसिरहेकी
एउटी अभागी आमाको मुुटुुसँग साटिएकी छे ।। ९पृष्ठ १३९०
नारीको जीवन कति कहाली लाग्दो र पीडायुुक्त छ । पुुरुषका इच्छा पूूरा गर्नुु पनि परेको छ । आप्mनो
परिवारप्रतिको कर्तव्यबोध पनि त्यतिकै गर्नुु परेको छ । सन्तानलाई आवश्यक समय दिन पाएकी छैन । ममत्वको
सागरमा चुुर्लुुम्ब डुुबाउन पनि पाएकी छैन । जीवन दिएर पनि जिउदो बनाउन नसक्नुुको पीडाले भित्रभित्रै सताइरहेको
छ । हरे नारीको जीवन कति कष्टकर छ, कति पीडायुुक्त छ, भविश्यको अन्धकारमा छ । उनीहरूलाई अलिकति प्रेम,
अलिकति, समय, अलिकति माया, बाँच्नका लागि निकै बलियो आधार, सामाजिक सम्मान आदि चाहिएको छ ।
आप्mनो परिवारबाट वा आजको समाज त्यसका लागि सहयोगी बन्न सकोस् भन्दै हवाइ यातायतमा कार्यरत नारीको
यथार्थ चित्रण गरिएको छ ।
९३।।६० ‘गार्मेन्टकी गायत्री
हरि अधिकारीद्वारा रचना गरिएको गार्मेन्टकी गायत्री अर्को महत्वपूर्ण नारीबादी फुुटकर कविता हो । गायत्री यस
कविताकी मुुख्य नारी पात्र हुुन् । उनी शान्त भावमा भए पनि सिउनेकलको धागो फनफनी घुुमेभैंm कल्पनका
हृदयका हाहाकारको धागो फनफनी घुुमिरहेको छ । मसिना ओठहरू एकनासले चलेका छन् । दिन छोटा छन् तर
कामको डङ्गुुर छ । अँध्यारोमा पसारिएको जीवन चव्रmव्युुहमा फसेको अभिमन्युुभैंm छ । पराजयको गह्रौं भारी
बोकेर कल्पना त्यही कालो सुुरुङ्भित्र पसेकी छे । नयाँ परिधानमा टाँक हालिएभैंm गायत्री निकै राम्री देखिन्छे तर
उसको आँखामा टाँकघर टाँगिएको छ । पाठ्यघर दुुख्ने पुुरानो रोग, बेकम्मा भएको रक्स्याहा लोग्नेलाई प्रेम हो वा
घृृणाले खोकिलामा लुुकाएर गामेन्टकी गायत्री आप्mनै जीवनको च्यातिएको टाँकघरलाई सिउन खोज्दै छे । कविताको
विषयवस्तुु यत्ति नै हो ।
गार्मेन्टमा काम गर्ने नारीहरूको जीवन कसरी बितिरहेको छ रु रहर हुुन् वा बाध्यता, ती गार्मेन्टमा काम गर्ने
कर्मयोगी नारीहरूको जीवनको यथार्थ चित्रण गरिएको छ । गान्मेन्टमा काम गर्ने स्त्रीका बारेमा कवि यसरी लेख्छन्
एकसुुरले काम गरिरहँदा गायत्री शान्त देखिन्छे
तर सिउने कलको तीव्र फन्कोसँगसँगै
उसको हृदयमा मच्चिरहने हाहाकार भने बेतोडसँग कुुदिरहेको छ । ९पृष्ठ १४८०
नयाँ कपडा निर्माण गर्दा सजरी कल तव्रि गतिमा फन्को मार्दछ त्यसै गरी गार्मेन्टमा काम गर्ने गायत्रीको
मस्तिष्कमा पनि उनीभित्रका इच्छा र कामनाहरूले फन्को मारिरहन्छन् । शारीरिक, मानसिक, आर्थिक, पारिवारिक,
सामाजिक, नैतिक आदि अनेक विषयले मस्तिष्कमा ओहोर दोहोर गरिरहेका हुुन्छन् । एकपछि अर्को समस्या तँछाड
मछाड गरी आउन थालेको अवस्था निकै मननीय छ । आपूूmसँगै कर्ममा जोतिनुु पर्ने लोग्ने भनाउँदो रक्सी खाएर
भएको अर्थलाई समेत समाप्त पार्ने खालको छ । निकै दुुःखका साथ आम्दानी गरेको पैसा एकातिर अपव्य हुुने र
अर्कोतिर जड्याहा पतिका कारण समाजमा भोग्नुु पर्ने सामाजिक अपमान भोग्दाको पीडा पनि त्यतिकै स्मरणीय छ ।
जीवनका च्यातिएका टाँकघरहरू सिउँदा सिउँदा निकै थाकिसकेकी गायत्री अस्तित्वको खोजी र बचावटमा समर्पित छे
। यसरी कविले घरेलुु कामदारका रूपमा रहने वा गार्मेन्टमा काम गर्ने नारीहरूको पीडालाई गायत्रीको जीवन
चव्रmकान माध्यमबाट स्पष्ट पारेका छन् ।
९३।।७० ‘मासुु पसलमा एउटी स्त्री’
हरि अधिकारीद्वारा रचना गरिएको मासुुपसलकी एक स्त्री अर्को महत्वपूर्ण नारीबादी कविता हो । प्रस्तुुत कवितामा
पनि नारीका समस्याहरू उल्लेख गरिएको छ । झोलिएकी स्तन भएकी बगरेकी पत्नीको दिनचर्या यसरी व्यक्त
गरिएके छ । बगरेकी पत्नीका स्तन झोलिएका छन् । उनीसँग अब कुुरूप सौनदर्यमात्रै बाँकी छ । उनीसँग राम्ररी
साँध लगाइएक धारिला हतियारहरू छन् । बैशालुु आइमाईको भोको ओठका रूपमा उनीलाई प्रस्तुुत गरिएके छ ।
उनका नजिकै भर्खरै मारिएके राँगोको रातो र रातो रगत देखा पर्दछ । मासुुपसलकी ती स्त्रीका साथमा पैmलिएको
नितम्व र ढल्किएको उमेर छ । मासुु पसलमा स्त्री तल्लो ओठको बाँया कुुनामा खण्डित चन्द्रमा जस्तो टुुव्रmे
हाँसोको धमिलो जलप टाँसेर ढसमस्स बसेकी छिन् । उसको आँखाको पलकमा पुुराना प्रेमीहरूको अनुुहार टाँगिएको
छ । मासुु पसलमा ग्राहकहरू झुुम्मिएका छन् । बगरेकी पत्नी राँगाको बलिष्ठ पुुठ्ठालाई चिर्छे । कलात्मक
लयबद्धताका साथ अंगारको फिलिङ्गो जस्ता राता मासुुका केस्राकेस्रा छुुट्याएर भाग लाउँछे । मानौ कामातुुर ऊ
सम्भोगका लागि आपूूmलाई बिस्तारै बिस्तारै छोडिरहेकी छे । कविताको विषयवस्तुु यही समाप्त भएको छ ।
मासुुपसलमा राँगा, खसी, कुुखुुरा आदिको मासुु काटेर बेच्ने पेशालाई जीवनको आय आर्जनको मुुख्य आधार बनाएर
जीवन बिताइरहेका नारीहरूको यथार्थ अवस्थालाई उद्घाटन गर्नुु यस कविताको मुुख्य उद्देश्य हो । यहाँ पनि
मासुपसलमा रहेकी एउटी स्त्रीको बाह्यावस्था र आन्तरिक अवस्था बेग्लाबेग्लै देखाइएको छ । बाह्यावस्थामा राँगको
मासुुलाई भाग लगाएर ग्राहकहरूलाई वितरण गरेर केही आयआर्जन गरी जीवन गुुजारा गरिरहेकी छिन् । गहिरिएर
अध्ययन गर्दा उनीको आन्तरिक अवस्ता भिन्नै छ । उनीको कुुनै बेलाको लोभलाग्दो आकर्षक व्यक्तित्वका कारण
केही पुुराना प्रेमीहरूसँग उनीको गहिरो मित्रता भएको पनि देखापर्दछ । अहिले पनि राँगाको मासुु व्यापारमात्र होइन
देह व्यपार गर्न पनि पछि नपरेको देखाइएको छ । मासुुपसलेकी स्त्रलाई कामातुुर स्त्रीका रूपमा पनि उभ्याइएको छ
। बिस्तारै बिस्तारै आप्mनो श्रीलाई उनी समर्पण गर्न पछि नपर्ने सङ्केत समेत गरिएको छ । बाँच्नका वा केही
आयआर्जन गर्नका लागि आप्mनो देह समेत व्यापारका लागि होमनुुपर्ने बाध्यात्मक परिस्थितिको चर्चा गरिएको छ
।
कवितामा भनिएको छ
“उसको आँखाको खलकमा टाँगिएको छ,
पुुराना प्रेमीहरूको अनुुहारको कोलाज ।” ९पृष्ठ १९४०
हो, पुुराना पवित्र प्रेमका आकृतिहरू पनि मस्तिष्कमा अविस्मरणीय भएर रहेका छन् । वर्तमान समयको बाध्यात्मक
परिस्थिति पनि उत्तिकै बलियो भएर रहेको छ । जीवनोपार्जन गर्नका लागि देशमा अन्य सुुन्दर अवसरहरू नभएपछि
मासुु बेच्ने पेशालाई पनि व्यवसायका रूपमा सञ्चालन गुुर्न पर्ने परिस्तिि लाइलागेको छ । जसले गर्दा नचाहदा
नचाहँदै पनि महिलाहरूले केही अप्रिय कार्यहरू गर्नुु परेका परिस्थितिअरुलाई कविले यस कवितामा उल्लेख गरेका
छन् । खण्डित चन्द्रमाको जस्तो, अनुुहारको कोलाज, आगाको फिलिङ्गो, पैशाचिक अनुुष्ठान जस्ता बिम्बात्मक
शब्दहरूले कवितालाई अभैंm ओजपूुर्ण बनाएका छन् ।
९५०। निष्कर्ष
गद्यशैलीमा रचित प्रस्तुुत सातवटा नारीका पीडापरक कविताहरू सरल, सहज तथा बोधगम्य भाषाशैलीको प्रयोग गरेर
प्रस्तुुत गरिएका छन् । कविता पाठक तथा स्रोताका लागि श्रुुतिमधुुर छन् । कतै उपमा र कतै रूपक अलङ्कारको
प्रयोगले कविताहरू झन मर्मस्पर्शी भएका छन् । बिम्ब र प्रतीकको अधिक प्रयोगले गर्दा कविता उत्तिकै भावगाम्भीर्य
छन् । आज स्वदेश होस् वा विदेशमा नारीले पराधिन भएर काम गर्नुु पर्दाको पीडा निकै कष्टकर छ । देखाउटी
प्रेमकै कारण उत्पन्न अनेकौं विकृति, वसिङगति पैmलिएका छन् । स्वार्थी एवं कामुुक, घृणित प्रेमलाई तिरस्कार गर्नुु
अत्यावश्यक छ । नारीका कर्मलाई सम्मान गर्दै उनीहरूलाई कर्मप्रति झन उत्प्रेरित गराउने वातावरणको आवश्यक छ
। नारुलाई अवसरहरू प्रदान गर्दै, उनीहरूका स्वतन्त्र रूपमा गरिएका कर्महरूमा झन् उत्साह भर्दै ’सर्वजन हिताय र
सर्वजन सुुखायका ’ कर्मलाई जीवनमा अवलम्वन गर्न सकौँ, गतिशील र समुुन्नत समाजको निर्माण गर्न सकौँ,
विश्ववन्धुुत्वको भावलाई व्यवहारमा रूपान्तरण गरौँ भन्दै नारीहरूका निमित्त सम्मान एवं सहकार्यको वातावरण
निर्माण गर्नुु नै प्रस्तुुत सातवटा कविताको मूूल सन्देश हो ।