सङ्घीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर

आजभोलि

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम हेरफेर गर्न सभामुख देवराज घिमिरेले सभाको सहमतिका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको हो ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम विभिन्न विषयगत समितिमा सदस्यको नाम थप तथा हेरफेरका लागि पनि प्रतिनिधिसभाको आजको बैठकले सहमति जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सांसद डा प्रकाशशरण महतलाई अर्थसमिति र सांसद नारायणप्रकाश साउदलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको छ ।

कांग्रेसका सांसद सीता गुरुङ र नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङलाई कानुन, न्याय तथा मानवअधिकार समितिमा जिम्मेवारी दिइएको हो । त्यसैगरी, कांग्रेसका सांसदद्वय रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जिम्मेवारी दिइएको छ ।

कांग्रेस सांसदहरू टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा, धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । जनमत पार्टीका सांसद अनिता देवीलाई राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल र असिम शाहको विषयगत समितिको जिम्मेवारी हेरफेर भएको छ । ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा र शाहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पठाइउने प्रस्तावलाई प्रतिनिधिसभाले सहमति जनाएको हो ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा जनमत पार्टीका सांसद अब्दुल खांनको स्थानमा सांसद देवी मनोनित भएकी छिन् ।

  • १४ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !