प्रतिनिधिसभा बैठकः प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह

आजभोलि

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका छन् ।

आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति हुने गरेको तर समयमै आवश्यक तयारी नगर्दा ठूलो क्षति व्यहोर्नु परेको बताए । सांसद बस्नेतले कार्यविधिका कारण एकै व्यक्तिलाई भूकम्प र बाढी पहिरोको अलगअलग राहत वितरण गर्न कठिनाइ देखिएको बताए ।
    
उनले दूध व्यवसायी किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरे । सांसद बस्नेतले सहकारीमा निमुखा आर्थिकरुपमा विपन्न गरिब जनताको अर्बौ रकम अपचलन भएको भन्दै छानविन समितिलाई चाँडो निष्कर्षमा पुर्याउन आग्रह गरे ।

उनले फरक प्रसङ्गमा टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने उल्लेख गरे । आफूले ठूलो आट गरेर सुरु गरेकोे यो प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको जानकारी गराउँदै यो प्रविधिलाई लागू गर्नसके राज्यको ठूलो राजस्व जोगिने उनको भनाइ छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) का लेखनाथ दाहालले वर्षायामको सुरुआतमै ठूलो जनधनको क्षति भएको बताउँदै उद्धार र राहतमा सरकारले प्रभावकारीरुपमा काम गर्ने अपेक्षा गरे । उनले बिहीबार सार्वजनिक एसइई परीक्षाको परीक्षाफलमा ५२ प्रतिशत असफल भएको भन्दै यसका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

सदनबाट पारित भएको विनियोजन विधेयकका बारेमा बृहत्रुपमा छलफल भएकाले यसका सबल र दुर्बल पक्षका बारेमा जानकारी भएको बताउँदै सांसद दाहालले मन्त्रालयगत कमजोरी विगतदेखि नै भएको उल्लेख गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा रु तीन करोडभन्दा कमका योजना तथा आयोजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने भनेपछि सङ्घीय संरचनाअन्तर्गतका निकायले के काम गर्ने भनी प्रश्न  गरे ।

  • १५ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !