गाजाका बासीलाई स्वास्थ्य सेवाको चरम आवश्यकता भएको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

आजभोलि

गाजा । गाजा पट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकोले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता  रहेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ ।

प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले सामाजिक सञ्जाल एक्समा गाजामा थोरै सङ्ख्यामा युएनआरडब्लुए स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा रहेको बताएको छ ।

मध्य गाजाको नुसिरातमा टोलीहरूले स्थानीय परिवारको सेवा गर्न जारी राखेपनि औषधि र इन्धनको गम्भीर अभावले जीवन रक्षाको कार्यमा बाधा पुगेको छ ।

युएनआरडब्लुएले गाजामा प्यालेस्टिनीलाई फोहोर र ढलले घेरिएको जनाएको छ । “भीडभाड भएको आश्रय, खाना, पानी र इन्धनको अभाव, चिकित्सा आपूर्तिमा न्यूनतम पहुँच र गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,” युएनआरडब्लुएले उल्लेख गरेको छ ।

क्यान्सर भएका २१ जना प्यालेस्टिनी बालबालिका बिहीबार विदेश उपचारका लागि केरेम सालोम हुँदै गाजाबाट निस्किए । मे महिनाको सुरुमा रफाह सीमाबाट आवतजावत बन्द भएपछि गाजापट्टीमा रहेका बिरामीहरूले पहिलो पटक गाजा छोडेकोस्वास्थ्य अधिकारीहरूले बताए ।

बिरामीहरू बाहिर निस्कन ‘गाह्रो र जटिल भएकाले रफाह सीमा पारको विकल्प नभएको गाजा क्षेत्रका अस्पतालहरूका महानिर्देशक मोहम्मद जकाउटले पत्रकार सम्मेलनमा उल्लेख गरे ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसा विरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।

आक्रमणका कारण करिब एक हजार दुई सय  मानिस मारिएका थिए र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । द्वन्द्वबाट प्यालेस्टिनी भूमिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या ३७ हजार ७८१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीले बताएका छन् ।

  • १५ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !